1याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
2देवताहरूका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
4उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
5उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्टि गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
6उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
7उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
8उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
9उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
10उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
11र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
12उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
13उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
14उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
15उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
17उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
18उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
19उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
20उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
21उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
22उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
23उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
24उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
25उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
26स्वर्गका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।