1दावीदको भजन। हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्न पाउनेछ?
2त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
3जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;
4जसले दुष्ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;
5जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।